Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:४८ बिहान
- ADVERTISEMENT -

तनहुँमा निःशुल्क पशु बिमा कार्यक्रम सुरु

प्रकाशित मिति: २०७७ मंसिर ३, बुधबार

626
Shares

दमौली, बुधबार, ३ मङ्सिर २०७७ । तनहुँ जिल्लामा निःशुल्क पशु बिमा कार्यक्रम शुरु भएको छ ।

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बिमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो,’ उहाँले भन्नुभयो,‘अब यो कार्यक्रम लागु भएसँगै किसानहरुले पशुवस्तुको बिमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।’ बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बिमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बिमा कार्यक्रम शुरुआत गरिएको हो ।

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बिमा गरेको कागजात पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । ‘किसानले बिमा कम्पनीमार्फत् पशु वस्तुको बिमा गर्छन्, बीमा गरिसकेपछि किसानले बिमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,’ उहाँले थप्नुभयो । ‘त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्याएर रकम भुक्तानी गरिदिन्छौँ ।’

आर्थिक वर्ष ०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बिमा गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बिमा गरिएको छ ।

चालु आर्थिक वर्षदेखि बीमा निःशुल्क हुने भएपछि यसतर्फ कृषकको थप आकर्षण बढ्ने भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बिमाले कृषकलाई सहयोग पुगेको बताउनुभयो । ‘पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ,’ उहाँले भन्नुभयो,‘मैले विगत सात वर्षदेखि गाईको बिमा गराउँदै आएको छु ।’

चालु आर्थिक वर्षदेखि ती बिमा निःशुल्क हुने भएपछि कृषकलाई राहत मिल्ने उनले बताए । ‘चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषकलाई उत्साह मिलेको छ,’ उहाँले भन्नुभयो। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले भने ग्रामीण भेगमा अझै पनि पशु बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -