मलंगवा, बिहिबार, २७ कात्तिक २०७७ । सर्लाहीमा मन्त्रीका पाँच सय नेता कार्यकर्ताहरू कां’ग्रेसमा प्रवेश गरेका छन् । बसबरिया गाउँपालिकाको धनगढामा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र मधेस केन्द्रित दलका नेता कार्यकर्ताहरू कां’ग्रेसमा प्रवेश गरेका हुन् ।
सर्लाही जिल्लामा नेकपा र मधेस केन्द्रित दलका पाँच सयभन्दा धेरै नेता कार्यकर्ता नपाली कां’ग्रेसमा प्रवेश गरेका हुन् ।
सरकारसँग दिक्क भएका नेकपाका कार्यकर्ताहरूले कम्युनिस्टहरूको झुठको पछाडि लाग्दा जनताले दुःख पाएको बताएका छन् । नवप्रवेशीहरूले सरकारले जनतालाई कुनै पनि राहत र सहयोग हुने खालका कार्यक्रम ल्याउन नसकेको बताए ।
उनीहरूलाई नेपाली कां’ग्रेसका नेता एवम् पूर्वमन्त्री गोविन्दबहादुर शाह, कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, प्रदेश २ का प्रदेश सांसद वीरेन्द्र सिंह, निश्चिल साह, रामअयोध्या यादव, सुरेन्द्र सिंहलगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।








































