Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:५२ बिहान
- ADVERTISEMENT -

कांग्रेस युवा नेताहरुको पनि छुट्टै भेला, सभापति देउवा घेराबन्दीमा

प्रकाशित मिति: २०७५ कात्तिक २९, बिहीबार

909
Shares

काठमाडौ, २९ कात्तिक २०७५ । पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् । सोमबार कांग्रेस नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरु भेला भए ।

नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको उनीहरुले बताएका थिए ।

बुधबार फेरि कांग्रेस युवा नेताहरु छुट्टै भेला भए । उनीहरुले पनि नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा नै छलफल भएको बताएका छन् ।

युवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार लगायत ६ जना युवा नेता भेलामा सहभागी थिए । महासमिति बैठक, नेविसंघको महाअधिवेशन, विधान संशोधन र सभापति देउवाको कार्यशैली लगायतका विषयमा अनौपचारिक छलफल भएको भेलामा सहभागी नेता गुरुराज घिमिरेले बताउनुभयो ।

शुक्रबार थप छलफल हुने र छलफलबाट एउटा निर्णय निकालेर त्यसै अनुरुप अघि बढ्ने पनि उहाँले बताउनुभयो । विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका साथै युवा नेताहरु पनि रुष्ट बन्दै आएका छन् ।

पार्टी सुदृढ बनाउन एकलौटी ढंगले नभई सबै सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको युवा नेताहरुको निष्कर्ष रहेको सहभागीहरुले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -