Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
९:५५:१८ राति
- ADVERTISEMENT -

पाँच करोडमा फार्म हाउस खोल्दै दीपकराज गिरी

प्रकाशित मिति: २०७७ कात्तिक २५, मंगलबार

1472
Shares

काठमाडौँ, मंगलबार, २५ कात्तिक २०७७ । छिमेकी मुलुक भारतमा कयौं कलाकारले करोडौंको लगानीमा फार्म हाउस खोलेका छन् । जसमा उनीहरु फुर्सदको समयमा परिवारसँग समय विताउने गर्दछन् ।

लकडाउनको समयमा सलमान खानले आफ्नो फार्म हाउसमा कृषि कर्म गरेका तस्विरहरु निकै भाइरल भएका थिए । आम्दानी सीमित हुने भएकाले नेपाली कलाकारहरुले भने फार्म हाउस खोल्न सकेका छैनन् ।

सोही अनुरुप ‘छक्का पञ्जा’ सिरिजको सफलतापछि आर्थिक रुपमा बलियो भएका कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा फार्म हाउस खोल्ने पहिलो नेपाली कलाकार बन्ने भएका छन् ।

उनले चन्द्रागिरी नगरपालिका (दहचोक) मा फार्म हाउस खोल्न लागेका हुन् । पुर्खर्यौली १० रोपनी जग्गा, दाजुभाइहरुको सम्पत्ति र केही जग्गा किनेर आफूले फार्म हाउस खोल्न लागेको हुन् फार्म हाउस निर्माणका लागि पाँच करोडसम्म लगानी लाग्ने उनको प्रारम्भिक अनुमान छ । फार्ममा ७/८ जनासम्म बस्न मिल्ने ३० वटा स–साना घर र सभा, सेमिनारलगायतका कार्यक्रम गर्नका लागि डेढ सय जनासम्म अट्ने सभाहल बनाइने उनले बताए ।

त्यसबाहेकको १ बिगाहा जग्गामा कृषि सम्बन्धि काम गरिनेछ । दीपकराज गिरि तीन महिनादेखि यही फार्मको काममा व्यस्त छन् । कोरोना भाइरसका कारण फिल्म निर्माण गर्ने अवस्था नभएका कारण आफूले वैकल्पिक पेशा अपनाएको दीपकराज गीरी बताउँछन् । फार्मले एउटा आकार लिएपछि नयाँ फिल्मको तयारीमा जुट्ने उनले बताए ।

उनका अनुसार, फार्म हाउस निर्माणको काम सकिन २ वर्ष लाग्ने अनुमान गरिएको छ । फार्म हाउसमा सिर्जना हुने रोजगारीमा स्थानीयलाई विशेष प्राथमिकता दिने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -