Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:१३ बिहान
- ADVERTISEMENT -

तनहुँमा मौरी बेचर लोभलाग्दो कमाई

प्रकाशित मिति: २०७७ कात्तिक २४, सोमबार

558
Shares

तनहुँ, सोमबार, २४ कात्तिक २०७७ । गुरुङले घारमा मौरीको सङ्ख्या बढाउने र त्यसलाई छुट्टाएर बेच्दै आउनुभएको छ । तनहुँका एक कृषकले मौरी बेचर लोभलाग्दो कमाई गर्दै आउनुभएको छ । यसरी कमाई गर्नेमा व्यास नगरपालिका–९ मेवाबारीका कृष्णबहादुर गुरुङ हुनुहुन्छ ।

वार्षिक रुपमा १२ लाखको मौरी बेच्दै आएको र त्यसको आधा रकम खर्च हुने गरेको उहाँले बताउनु भयो । मौरी बेच्नको लागि दुई सयवटा घार पालेको र वर्षिक रुपमा १५० देखि दुईसयवटा मौरीसहितको घार बेच्दै आएको गुरुङले बताउनुभयो । गत वर्ष घारको मौरी छुट्टाएर छ लाख र मह बेचेर एक लाख गरी सात लाख रुपियाँ मुनाफा आम्दानी गरेको गुरुङले जानकारी दिनुभयो ।

एक घार मौरीको आठ हजार रुपियाँमा बेच्दै आएको गुरुङले जानकारी दिनुभयो । ‘चार वर्ष देखि मौरी व्यवसायिक रुपमा बेच्ने कार्य गरेको छु, वार्षिक ५ देखि ७ लाख रुपियाँ कमाई हुन्छ ’ कृषक गुरुङले बताउनुभयो ।

मौरी पाल्न दुःख नहुने र महको खोज्दै ग्राहक घरमै पुग्ने भएकोले परम्परागत रुपमा मुडे घारमा पाल्दै आएको सेरेना जातको स्थानीय मौरीलाई आधुनिक घारमा पालेर बेच्ने कार्यलाई व्यवसायिकता दिएको गुरुङले बताउनुभयो । पानी कम परेको बेला मौरी पालनबाट धेरै आम्दानी हुने उहाँ बताउनुहुन्छ । मौरी पालनमा गुरुङ दक्ष भएकोले कृषकलाई तालिम प्रदान गर्नको लागि बोलाउने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -