काठमाडौँ, शुक्रबार, २१ कात्तिक २०७७ । नेकपाको अनौपचारिक सचिवालय बैठक सुरू भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुकबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।
सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर नेकपामा विवाद हुँदै आएको छ । बैठकमा उपस्थित हुन सचिवालयका नौ जनालाई सदस्यलाई नै खबर पठाइएको थियो । नेकपामा पछिल्लोसमय आन्तरिक विवाद चर्किएको छ ।
बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सहित उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । तर, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने सहभागी छैनन् ।








































