काठमाडौं, शुक्रबार, २१ कात्तिक २०७७ । गगन थापा र अन्जना केसी थापाले प्लाज्मा दान गर्ने भएका छन् ।
एक छोरी बाहेक परिवारका सबै सदस्य कोरोना संक्रमित भएर हालै निको भएका नेपाली कांग्रेसका नेता गगन थापा र श्रीमती अन्जना केसी थापाले प्लाज्मा दान गर्ने जानकारी दिएका छन् ।
कोरोनामुक्तहरुको प्लाज्मा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यो विधिलाई अहिले अस्पतालहरुमा प्रयोग गर्दै आएका छन् । तर, कोरोना मुक्तहरुले प्लाज्मा दानमा खासै उत्सुकता नदेखाउँदा प्रभावकारी ढंगले संकलन हुन नसकिरहेको अस्पतालहरुले जानकारी दिदै आएका छन् ।









































