काठमाडौं, बिहिबार, २० कात्तिक २०७७ । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुट्न लाग्नु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो १ बजे शीर्ष नेताबीच छलफल हुने बताइएको छ ।
कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको हो । पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उहाँपक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुने छ ।
उक्त बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक छलफलका लागि बैठक बोलाउनु भएको हो ।








































