Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:५८ बिहान
- ADVERTISEMENT -

गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा रास्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

प्रकाशित मिति: २०७७ कात्तिक २०, बिहीबार

528
Shares

बलेवा, बिहिबार, २० कात्तिक २०७७ । गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा रास्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

गाउँमा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता आधारभूत तहको मात्रै छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा थप विकास होस् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा खोज्दै जाँदा यहाँका कर्मचारी राष्ट्रिय आविष्कार केन्द्र पुगे ।

आफ्ना समस्या लिएर केन्द्रमा पुगेका कर्मचारीले केन्द्रका संयोजक महावीर पुनलाई भेटेर आफ्ना समस्याको विषयमा त जानकारी गराए तर राष्ट्रिय आविष्कार केन्द्रले भोगिरहेको समस्यामा पनि उनीहरुको आँखा पर्यो ।

दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका कर्मचारीहरु ।

लामो समयदेखि नेपालमै आविष्कारको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएको यो केन्द्रले आर्थिक समस्यासँग जुधिरहेको छ । निश्चित स्रोत नभएकाले दाताको सहयोग र स्वस्फुर्त आविष्कारमा सहभागी विज्ञहरुको भरमा रहेको आविष्कार केन्द्रलाई कर्मचारीको तर्फबाट सहयोग गर्नुपर्छ भन्ने भावना विकास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । टेलिमेडिसिन सेवाको विषयमा बुझ्न केन्द्र पुगेर फर्किएको टोलीले गाउँपालिकाका कर्मचारीको बीचमा सल्लाह गरेर स्वस्फुर्त सहयोग सङ्कलन अभियाननै चल्यो ।

“कसैलाई करकाप गरेनौँ, सबैले सहयोग गर्नुभयो”, शर्मा भन्छन् “थोरै भए पनि स्वदेशमै हुने आविष्कारमा सहभागी हुनु हाम्रो पनि दायीत्व हो । गाउँपालिकामा कार्यरत कर्मचारीले सङ्कलन गरेको रु एक लाख २७ हजार १११ आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई उक्त रकम बुधबार हस्तान्त्रण गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -