काठमाडौं, बिहिबार, २० कात्तिक २०७७ । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ ।
आज बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








































