काठमाडौँ, बुधबार, १९ कात्तिक २०७७ । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको कोरोन संक्रम’णबाट आज बिहान असामहिक नि’धन भएको छ ।
पुर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य महराकि जीवनसंगीनी सीताको बिहान ६:२५ बजे उपचारका क्रममा काठमाडौको नर्भिक हस्पिटलमा मृ’त्यु भएको हो ।
गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।









































