सन्धिखर्क, मंगलबार, १८ कात्तिक २०७७ । अर्घाखाँचीमा कोरोना भाइरस सं’क्रमणबाट मृत्यु भएकाको एकजनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृ’त्यु भएको थियो । मृ’त्यु पछि उनमा कोरोना सं’क्रमण देखिएको थियो ।
उनको श’व करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम दा’हसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो ।
त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्ये’ष्टि गरिएको खनालले बताए । ‘









































