बिरगंज,राहुल गुप्ता, शनिबार, १५ कात्तिक २०७७ । प्रकाशनगरटोल विकास समिति कोष दशैँ तिहार र छठ पर्वको शुभकामना आदान प्रदान तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिका वडा नं १४ मा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्था र प्रकाश नगर टोल विकास कोषको सँयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा १५ जना महिला सहित १३० जनाले रक्तदान गरेका छन । कार्यक्रमको उदघाटन नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दुबेदिले गर्नुभएको थियो । कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह, समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसन का सहसचिव उमेश गुप्ता, नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, सुनिल पटेल, नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल , नेविसंघका वर्तमान उपाधयक्ष विकेश पटेल लगायत रहनुभएको थियो ।

कार्यक्रममा प्रकाश नगर टोल विकास कोषका अध्यक्ष सुरेन्द्र पटेल, सचिव श्याम राम, वडा नं ५ का एकाई कमिटीका अध्यक्ष प्रमोद पटेल, युवा नेता हाकिम अंसारी, पार्टिका कार्यकर्ता विकि पटेल, कामेश्वर पटेल हरिओम पटेल, प्रमोद पटेल, रवीन्द्र पटेल लगायतहरुले सहयोग गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अनिल कुमार साहले गर्नु भएको थियो ।










































