परासी, शनिबार, १५ कात्तिक २०७७ । आफ्नो छोराको चौरासी पुजा बुवाले गरिदिएका छन् । एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी ९ बर्दघाट सुस्ताका एक बुबाले छोराको चौरासी पूजा गरिदिएका हुन् ।
सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष दिएका छन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए ।









































