काठमाडौं, बिहिबार, १३ कात्तिक २०७७ । नेपाली कां’ग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक २१ गते बस्ने भएको छ ।
शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको हो । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको उहाँले बताउनु भयो ।
यसअघि असोज १९ गतेको लागि तय भएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण भएपछि स्थगित गरिएको थियो ।








































