Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:१८ बिहान
- ADVERTISEMENT -

मृ’त्युसँग लडिरहेकाहरुको सेवामै बि’त्छ यस वर्षको द’सैं

प्रकाशित मिति: २०७७ कात्तिक ९, आइतबार

632
Shares

काठमाडौं, आइतबार, ९ कात्तिक २०७७ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्‍वभर चार करोडभन्दा बढी सं’क्रमित भएका छन् ।

११ लाखभन्दा बढीको मृ’त्यु भइसकेको छ । नेपालमा पनि कोरोना भाइरस संक्र’मितको संख्या डेढ लाखभन्दा बढी पुगेको छ भने ८४२ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भइसकेको छ ।

विश्‍वलाई आक्रान्त बनाएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । अझ नेपालीको महान् चाड दसैँको टीका सोमबार (भोलि) नै घरघरमा लगाएर मनाइँदै छ । तर, कोरोना महामारीमा जुधिरहेका नर्सहरुले अघिल्लो वर्षको जसरी द’सैँ मनाउँन छुट पाएनन् । अस्पतालमै बसेर बिरामीलाई कसरी हुन्छ निको बनाउने ध्याउन्‍न रहेको उनीहरु बताउँछन् ।

दसैँ आए पनि संक्रमितको संख्या दैनिक वृद्धि भइरहेकाले अस्पतालहरु खचाखच भरिएका छन् । कोरोना महामारीविरुद्ध चिकित्सक र नर्सहरु रातदिन लडिरहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयू इन्चार्ज उषा देवकोटा कोरोनाका कारण यसपटकको दसैँ आएजस्तो नभएको बताउँछिन् । उनले अघिल्लो दसैँ परिवारसँग रमाइलो गरेर मनाएकी थिइन् ।

अस्पतालबाहिर दसैँ आएको होला तर, हामीलाई दसैँ नआएको उनले सुनाइन् । अहिले कोरोनाका बिरामीको अवस्था हेर्दा निकै व्यस्त रहेको र खाना खाने समय पनि नपाएको उनी बताउँछिन् । उनले भनिन्, “अहिले कोरोना संक्रमण फैलिएको छ, यसपटक सबै सजग बन्‍नुपर्ने अवस्था छ ।

दसैँ अर्को पटक पनि आउँछ नि !” यसपटक उनीसँगै उनको टिमले अस्पतालमै टीका लगाउने सल्लाह गरेको छ । ‘‘बिरामीको उपचारसँगै द’सैँ मनाउने तयारी गरेका छौं,’’ उनले थपिन् ।

उनले जो जहाँ छ त्यहीं दसैँ मनाउन आग्रह पनि गरिन् । “चार्डपव अर्को वर्ष नि आउँछ, हतारिएर गाउँ जाने र आत्तिएर काठमाडौं आउने नगरौँ,” उनले सुझाइन् । उनले कोरोना संक्रमित दर बढेकामा चिन्तासमेत व्यक्त गरिन् । उनका अनुसार अहिले अस्पतालमा सिकिस्त बिरामीहरुको आउने क्रम बढेको छ । “पछिल्लो समय कोरोना संक्रमितको उपचारपछि पनि सुधार हुने दर निकै कम भएको छ । मृत्यु दर बढेको छ,” उनले भनिन्, “त्यसैले सबै सजग बनौं ।”

देवकोटाका अनुसार कोरोना संक्रमणबाट ज्‍येष्ठ नागरिक बढी प्रभावित भएका छन् । ज्येष्ठ नागरिकमा कोरोनासँगै अन्य रोग पनि हुने भएकाले कोरोना संक्रमणबाट जोगाउन उस्तै चुनौती रहने बताइन् ।

यसैगरी, वीर अस्पतालको आईसीयू कोभिडमा कार्यरत नर्स सिन्पा थापा पनि यसपालिको दसैँ बिरामीको सेवा गरेरै मनाउने तयारीमा छिन् । “गत वर्ष यस्तो अवस्था थिएन र दसैँमा परिवारसँग रमाइलो गरेर मनाएको थिएँ । यसपटक कोरोना महामारीले गर्दा दसैँ बिदा नभएकाले बिरामीकै सेवामा दसैँ मनाउने तयारी गरेको छु,” तीन वर्षदेखि वीरमै कार्यरत थापाले भनिन् ।

उनको दसैँका दिनमा पनि ड्युटी परेको छ । कोरोनाले गर्दा सबैको दसैँ यसपटक फरक गरेर मनाउनुपर्ने देखिएको उनले बताइन् । ‘‘अरुहरु त घरमै परिवारसँग मनाउन पाउनुहुन्छ, तर हामीले त्यसरी मनाउँदा नपाउँदा अलिअलि दु:ख लागे पनि बिरामीलाई उपचारपछि निको बनाएर पठाउँदा भने खुसी लाग्छ,’’ उनले भनिन् ।

उनले कोरोनाबाट बच्‍ने उपाय राम्रोसँग पालना गर्ने, कोरोना संक्रमण भइहाले नआत्तिने, तनाव नलिने आराम गर्ने, सन्तुलित खाना खाने र समस्या बढ्दै गए तुरुन्तै अस्पताल जान पनि सुझाइन् । “काठमाडौं त कोरोना संक्रमणको हटस्पट नै भएको छ,” उनले भनिन्, “यहाँबाट बाहिर जाने व्यक्तिबाट अन्यमा सर्ने खतरा बढी हुन्छ । तसर्थ जो जहाँ छौं त्यही दसैँ मनाऔं ।”बार्हखरीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -