काठमाडौं, बिहिबार, ६ कात्तिक २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता नभएको देउवाको निजी सचिवालयले बताएको छ ।
बुधबार रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली विशेष विमानमार्फत् नेपाल आएका थिए । नेपाल आएलगत्तै उनले शिर्ष नेताहरुसँग भेटवार्ता गरेको चर्चासँगै देउवाको सचिवालय गोयलसँग भेट नभएको स्पष्ट पारेको हो ।
गोयल बिहिबार बिहान दिल्ली फर्किसकेका छन् ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् ।
रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको पुष्टि भएको छ ।








































