गोरखा, बिहिबार, ६ कात्तिक २०७७ । गोरखा नगरपालिका वडा न ९ मा अवस्थित रहेको श्री महालक्ष्मी मा बि लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
शंकर श्रेष्ठको सक्रियतामा २०६० सालको एस एल सी का बिधार्थीहरुबाट थर्मगन २ पिस, सेनिटाइज ३ पिस, सेनिटाइज झोल ४० लिटर, माक्स एक हजार पिस, फेस शिल्ड भिजर सुरक्षित चस्मा ५० पिस लगायत अन्य
स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
बिधालयका प्रधानाध्यापक चुडामणि काप्री, व्यवस्थापन समितिका अध्यक्ष शिब के सी, गोरखा नगरपालिका वडा न ९ का वडा अध्यक्ष कुल बहादुर कुवरको रोहबरमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
आगामी दिनमा अझ बढी बिधालयका लागि स्वास्थ्य सामाग्री वितरण गर्ने योजना रहेको शंकर श्रेष्ठले जानकारी दिनुभयो ।









































