काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । नेपाली कां’ग्रेसले कोरोना संक्र’मितको उपचार खर्च नव्य’होर्ने नि’र्णय सच्या’उन सरकारसँग माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार कोरोनाको परी’क्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको थियो । मन्त्रालयको यो निर्णयकाे विभिन्न पा’र्टी तथा नेताहरुले चर्को वि’रोध गरिरहेका छन् ।
सोमबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै कोरोना महा’मारीबाट जनतालाई जोगाउन अस’फल प्रमाणित भइरहेको वर्तमान सरकारले परि’क्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गै’ह्र जि’म्मेवार व्यवहार भएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘महा’मारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ? प्रधानमन्त्रीज्यू संवेदनशील बन्नोस्, निर्णय सच्याउनोस् !’
कोरोनाले जनताको आर्थिक जिवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको रहेको उनको भनाई छ ।
‘को’भिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमा सम्म लहडको नी’तिले ‘सरकारको बौ’द्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्र’श्न चिन्ह’ खडा गरिसकेको छ ।
उपचारको दा’यित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचे’खुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।








































