Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:२३ बिहान
- ADVERTISEMENT -

काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

प्रकाशित मिति: २०७७ असोज २८, बुधबार

1376
Shares

काठमाडौं, बुधबार, २८ असोज २०७७ । विद्युतीय श’वदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ ।

पशुपति क्षेत्रमा श’वदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको श’वदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय श’वदाह गृह निर्माण गर्न लागिएको हो । महानगरपालिकाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी श’वदाह गृह निर्माण हुनेछ ।

महामारी, प्रा’कृतिक प्र’कोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै श’वदाह गृह निर्माणको सम्झौता गरिएको कोषका सदस्य-सचिव प्रदीप ढकालले बताए । अहिले दैनिक ३५ देखि ४५ वटा श’वदाह हुने गरेकामा २० वटा श’व विद्युतीय गृहमा दा’ह गर्ने गरिएको छ । लाइन बसेर श’व जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उनले बताए ।

महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले वार्षिक बजेटमार्फत तीनवटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको अवस्थामा कोषले थप गृह निर्माणका लागि आग्रह गरेको बताए । अहिले निर्माण कार्य अगाडि बढेका सबै श’वदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने उनले बताए ।

श’वदाह निर्माण र सञ्चालनका लागि भएको सम्झौतापत्रमा महानगपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र कोषका तर्फबाट सदस्य सचिव ढकालले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले निर्माणका लागि तीन किस्ता र मेसिन खरिदका लागि एकमुष्ट रुपमा रकम उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ । यस्तै बेवा’रिसे, अति वि’पन्‍न वा अन्य कारणले गर्दा श’वदाह गर्न तिर्नुपर्ने शुल्क तिर्न नसक्ने अवस्थामा काठमाडौं महानगरपालिका र वडा कार्यालयहरुबाट सिफारिस भए निःशुल्क श’वदाहको प्रबन्ध मिलाउनुपर्ने, अनुदानको रकम अन्य ठाउँमा प्रयोग गर्न नपाइने र रकम भुक्तानी गर्दा सहरी पूर्वाधार विकास कोषको सिफारिसमा मात्रै भौतिक प्रगतिका आधारमा उपलब्ध गराउने समझदारी भएको छ ।

सम्झौता र स्वीकृत भएको नक्सा डिजाइनअनुसार काम भए/नभएको अनुगमन गर्न सहरी विकास पूर्वाधार विभागको विभागीय प्रमुखको संयोजन रहने गरी दुई सदस्यीय समिति पनि गठन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -