Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:१९ बिहान
- ADVERTISEMENT -

काँग्रेस महासमिति बैठकको तयारीमा

प्रकाशित मिति: २०७५ कात्तिक १५, बिहीबार

740
Shares

ललितपुर, कात्तिक १५ गते । नेपाली काँग्रेसले आगामी मङ्सिरमा हुने महासमिति बैठकको तयारीलाई तीब्रता दिएको छ । मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुने महासमितिको बैठकमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरूलाई अन्तिम रूप दिनका लागि सम्बन्धित समितिहरु जुटिरहेका छन् । महासमितिको बैठकमा लैजाने राजनीतिक प्रस्तावका लागि पनि गृहकार्य भइरहेको छ । पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताव मस्यौदा तयारी समितिले पार्टी कार्यालय सानेपामा बुधबार राजनीतिक प्रस्ताव तयार गर्नकै लागि छलफलको आयोजना ग¥यो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले सबैको भावनाको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउँदा थप प्रभावकारी होला भनेर नै सबैको सुझाव सङ्कलन गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत नेपाली काँग्रेसका केन्द्रीय समितिका सदस्यहरू, भ्रातृ एवं विभिन्न पेशा व्यवसायसँग आवद्ध शुभेच्छुक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

सहभागीहरूले नेपाली काँग्रेसले सात दशकदेखिको प्रयास गरेर ल्याएको सङ्घीय गणतन्त्रलगायतका सम्पूर्ण उपलब्धिलाई संरक्षण गरेर अगाडि बढाउने दायित्व पनि बहन गर्नुपर्ने सुझाव दिएका थिए ।

सहभागीहरूले वर्तमान सरकार हालका उपलब्धिहरूलाई संस्थागत गर्न भन्दा पनि उपेक्षा गर्दै अगाडि बढिरहेको, आवश्यक कानुन निर्माण गर्न गर्न ढिलाइ गरेको, कर्मचारी व्यवस्थापन र स्रोत ब्यवस्थापन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली काँग्रेसले जिम्मेवार भएर काम गर्न सुझाव दिएका थिए ।

पार्टीका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले समितिले सकेसम्म प्रदेश तहसम्म पुगी बढी भन्दा बढी व्यक्तिहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने बताउनुभयो ।

उपसभापति निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताब तयारी समितिमा केन्द्रीय सदस्यहरू अजुर्ननरसिंह केसी, महेश आचार्य, नरहरि आचार्य, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, जीवन परियारलगायत १७ सदस्य रहनुभएको छ ।

यसैबीच महासमिति बैठकमा पेस गरिने विधान शंसोधन मस्यौदा तयारी समितिले आफ्नो काम अन्तिम चरणमा पु¥याएको छ ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकतत्वमा गठन भएको समितिले सातै प्रदेशमा छलफल गरेर विधान संशोधनलाई अन्तिम रुप दिइसकेको समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिनुभयो । समितिले तयार पारेको मस्यौदा बिहीबार बस्ने १३ सदस्यीय पूर्ण बैठकले विस्तृत अध्ययन गरेपछि १७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -