गोरखा, सोमबार, २६ असोज २०७७ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले उद्घाटन गर्नुभएको थियो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएसंगै त्यस क्षेत्रका पोखरी, इस्नान, अल्गङ, तुम्सिका, बाल्फे लगायतका क्षत्रेका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
केन्द्रको उद्घाटन समारोहमा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्ट सहित, उपाध्यक्ष सनमाया गुरुङ लगायतको सहभागिता रहेको थियो ।









































