गोरखा, आइतबार, २५ असोज २०७७ । गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङको सरस्वती मा वि मा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
सोही पालिकाको वडा नं ८ निवासी भिमबाबु के सी ले आफ्ना बुवा आमाको सम्झनामा डिलबहादुर तिलकुमारी गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नुभएको स्थानीय जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।
अक्षयकोषको रकम केसीले विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल र ब्यबस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
अक्षयकोषको रकम भिमकुल बचत तथा ऋण सहकारी संस्थामा राखेर बार्षिक रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक पौडेलले बताउनुभयो ।









































