काठमाडौँ, शनिबार, २४ असोज २०७७ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पुनः स्थगित भएको छ ।
पूर्व कोषाध्यक्षसमेत रहेका रामबाबु प्रसाईंको निधनमा पार्टी केन्द्रीय कार्यालय बन्द रहने भएकोले भोलिको लागि बोलाइएको बैठक स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
यसअघि १९ गतेलाई निर्धारित बैठक पार्टी केन्द्रीय अर्जननरसिंह केसी, गगन थापालगायतमा कोरोना संक्रमण भएपछि स्थगित भएको थियो ।
साथै, आइतबारको बैठक स्थगित गरिए पनि नयाँ मिति तय गरिएको छैन ।








































