काठमाडौं, शुक्रबार, २३ असोज २०७७ । नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईं (खनुपरुदे) को नि’धन भएको छ । ९९ वर्षको उमेर शुक्रबार चावहिलस्थित ओम अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले बताएको छ ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केहिदिन अघि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा प्रसाईलाई कोरोना संक्र’मण देखिएको थियो । शुक्रबार मध्यान्ह १२ बजे निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘अलग्गै स्वभाव, विचार र शैलीले परिचीत उहाँ जमानाको क्रान्तिकारी, वी पि कोइरालाप्रती निस्ठावान अनि किसुनजिको कार्य-समितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो’ प्रवक्ता शर्माले भने ।
वि सं १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मिएका प्रसाईंको परिवार ताप्लेजुङको हाङपाङबाट झापाको बिर्तामोड बसाइँ सरेको थियो।








































