Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:३१ बिहान
- ADVERTISEMENT -

प्रदेश ५ को नामकरण र राजधानी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्‌विप जारी

प्रकाशित मिति: २०७७ असोज २०, मंगलबार

550
Shares

काठमाडौं, मंगलबार, २० असोज २०७७ । प्रदेश ५ को नामकरण र राजधानी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्‌विप जारी गरेको छ । नेपाली कांग्रेसले प्रदेश ५ को नामकरण र राजधानीका लागि सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्‌विप जारी गरेको छ ।

प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेशसभा बैठकमा मंगलबार हुन गइरहेको मतदानमा सरकारी निर्णयको विपक्षमा मतदान गर्न ह्‌विप जारी गरेका हुन् ।

स्रोतका अनुसार कनौडियाले कांग्रेसका १९ जना प्रदेशसभा सदस्यहरुलाई लिखित रुपमै सरकारको निर्णयको विपक्षमा मतदान गर्न पत्र दिएका छन् ।

तर, उनको ह्‌विप सबै प्रदेशसभा सदस्यहरुले नमान्‍ने देखिएको छ । दाङ निर्वाचन क्षेत्र ३ ‘ख’ का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले संसदीय दलले जारी गरेको ह्‌विप आफूहरुका मान्य नभएको बताएका छन् ।

उनले सरकारले राजधानी प्रस्ताव गरेको देउखुरी सबै जिल्लाहरुका लागि पायक पर्ने ठाउँ रहेको दाबी गर्दै सरकारले गरेको विपक्षमा मतदान नगरिने प्रस्ट्याए । “बर्दियाबाट अढाइ घण्टामा पुगिन्छ, रोल्पाबाट अढाइ पुगिन्छ, नवलपरासीबाट पनि अढाइ घण्टामा पुगिन्छ । हरेक दृष्टिकोणबाट देउखुरी सबैलाई पायक पर्ने ठाउँ हो,” उनले बाह्रखरीसँग भने, “कुनै एक ठाउँका लागि कांग्रेस सबै सहिद हुन सक्दैनन् । हामीलाई पार्टीको ह्‌विप मान्य छैन ।”

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये कम्तिमा पनि ६ जनाले ह्‌विपविपरीत ‘फ्लोर क्रस’ गर्ने प्रबल सम्भावना छ । “हामी दाङका तीनजनाले विपक्षमा मत हाल्दै हाल्दैनौं । त्यस्तै बाँकेका दुई र बर्दियाका एकजना पनि ह्‌विप मान्‍नुहुन्छ,” प्रदेशसभा सदस्य चौधरीले भने, “यसका बारेमा हामी फेरि छलफल गर्छौं । प्रस्तावको पक्षमा मतदान गर्नेको संख्या बढ्छ नै ।”

सोमबार कांग्रेसको विरोधका बीच बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरी प्रस्ताव छलफलका लागि पेस गरेका थिए । उक्त प्रस्तावमाथि मंगलबार छलफल गरेर मतदान प्रक्रियाबाट टुंगो लाग्‍ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -