Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:३२ बिहान
- ADVERTISEMENT -

सवारी दुर्घटना घटाउन राजमार्गमा राखियो रबरको स्पीड ब्रेकर

प्रकाशित मिति: २०७५ कात्तिक ७, बुधबार

1136
Shares

धादिङ, कात्तिक ७

राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ । राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु गरिएको हो ।

पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो । यसरी राखिएको स्पिड ब्रेकरमा सवारी साधन आइपुगेपछि सवारी चालकले स्पिड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने प्राविधिकको विश्वास छ । सो स्पिड ब्रेकर सवारी दुर्घटना अत्यधिक हुने घुम्तीको तीन सय मिटर अगाडिदेखि राखिएको छ ।

स्पिड ब्रेकरमा आएपछि चालक आफैँ जानकार भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पिड ब्रेकर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुुभयो । मुग्लिन–नरायणघाट सडक खण्डमा पुलको नजीक र पृथ्वी राजमार्गमा भने दुर्घटना हुने घुम्तीमा यस्तो प्रविधिको प्रयोग गरिएको छ ।

यसका साथै राजमार्गका संवेदनशील क्षेत्रमा ट्राफिक चिह्नलगायत सडक बत्तीको समेत व्यवस्था गरिएको छ । अहिले परीक्षणका रुपमा नौबीसे-मौवाखोला सडक खण्डमा पर्ने घाटबेंसी र हुग्दी खोलाको घुम्तीमा स्पिड ब्रेकर राखिएको छ । पृथ्वीराजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -