काठमाडौँ, शुक्रबार, १६ असोज २०७७ । नेपाल बिधार्थी संघका महामन्त्री मनोज वैद्यको पहलमा राहत वितरण कार्यक्रम अन्तर्गत मास्क वितरण गरिएको छ ।

राहात कार्यक्रम अन्तर्गत तेस्रो चरणको कार्यक्रम काठमाडौ उपत्याकाका बिभिन्न चोक चोकमा मास्क बितरण गर्ने कार्यक्रम अन्तर्गत आज नयाँ बानेश्वोर संबिधानसभा भवन अगाडिबाट सुरुवात गरेको महामन्त्री मनोज वैद्यले बताउनु भयो । भ्रष्ट सरकारलाई सन्देश र आम नागरिकलाई जनचेतना जगाउनु हो, उहाँले भन्नुभयो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न समस्यासंगै आवतजावत गर्ने सर्बसाधारणका लागि मास्क वितरण गरिएको नेपाल बिधार्थी संघका महामन्त्री मनोज वैद्यले जानकारी दिनुभयो ।

उक्त राहत वितरण कार्यक्रम अन्तर्गत मास्क वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभागका विश्वप्रकाश शर्मा, बिशिष्ठ अतिथि नेपाली कांग्रेसका काठमाडौ जिल्ला सभापति सबुज बाँनिया, अतिथिहरु बाग्मति प्रादेशसभा मानानीय दीपेन्द्र श्रेष्ठ, प्रादेश सभा प्रत्यासि सुरजचन्द्र लामिछाने लगायत नेका नेतागण, तरुणदल, महिला संघ, ने.बि. संघ भातृ तथा सुभेक्षु सँस्थाका साथीहरु, सुरक्षाकर्मी एबम् पत्रकारको उपस्थिति रहेको थियो ।











































