काठमाडौँ, शनिबार, १० असोज २०७७ । सम्झना वि.क काे न्यायका लागि युवा संघर्ष समिति सडकमा निस्किएका छन् ।
बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर २ मा बलात्कारपछि हत्या भएकी बालिका सम्झना बि क लगायत देशभरि भइरहेका हत्या,हिंसा र बलत्कारमा संलग्न दोसीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै “संयुत दलित युवा संघर्ष समिति” द्वारा विराेध कार्यक्रम गरेको छ ।
आज शनिबार माइतिघर मण्डलामा आयाेजित उक्त विराेध कार्यक्रममा अखिलका अध्यक्ष ऐन महर, नेविसंघका अध्यक्ष राजिव ढुङ्गाना, नेविसंघका नेता नारायण हमाल, नेविसंघका पुर्व केन्दिय सदस्य लाेकेन्द्र राेकाया, नेपाली कांग्रेस बझाङका उपसभापति ज्ञान बहादुर वाेहाेरा लगायतका उपस्थितिमा विराेध कार्यक्रम गरिएको थियो ।

कुनै पनि अपराधीकाे जात, धर्म, देश हुदैन, त्यसैले दाेषिलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने माग ऐन महरले राख्नुभएकाे थियो । कुनै पनि राज्य संचालनमा ढ्ङ्ग पुर्याए कसैलाई काखा र पाखा नगरिकन पिडितलाई न्याय दिनुपर्नेमा नेविसंघका अध्यक्षकाे जाेडदार माग रहेको थियाे। साथै नेविसंघका नेता नारायण हमालले राज्य संचालकले सत्ता र शक्तिकाे दुरुपयाेग गर्दै सरकारले दाेषिलाई उन्मुक्ति दिएकाे कारण दिन दिनै यस्ता, घटना वढेकाेमा चिन्ता व्यक्त गर्दै दाेषिलाई कडा भन्दा कडा कारवाही गर्दै पिडितलाई न्याय दिनुपर्नेमा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व दलित आयाेगका पुर्व सदस्य मंन्जित ताम्राकारले गर्नु भएकाे थियाे ।








































