Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:४६ बिहान
- ADVERTISEMENT -

व्यापारिक केन्द्रमै ‘उपभोक्ताको प्रतिक्षा’

प्रकाशित मिति: २०७७ असोज १०, शनिबार

793
Shares

काठमाडौँ, शनिबार, १० असोज २०७७ । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । मानिसको बाक्लो उपस्थितिले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो । यसपालि त्यसको ठिक विपरीत छ ।

उपत्यकाको व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, इन्द्रचोक, महाबौद्धका व्यावसायी उपभोक्ताको प्रतीक्षा गरिरहेका छन् । बिहान पसल खोलेपछि हाई काडेर बस्न बाध्य छन् । “झुक्किएर फाट्टफुट्ट आइहाले भने हो, नत्र व्यापार सुनसान नै हो”, काठमाडौँ असनमा साडी पसल सञ्चालन गर्दै आएका प्रमोद रौनियार भन्छन्, “व्यापारको मन्दीले चाडबाड नै खल्लो होला जस्तो छ ।”

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा अझै बढ्दो छ । विश्वव्यापी देखिएको त्यसैको प्रभाव नेपालमा पनि कायमै छ । गत चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिए पनि सङ्क्रमण काम हुने सकेको पाइँदैन । कोरोनाको त्रास कायमै रहेकाले मानिस बाहिर निस्किन डराइरहेका छन् ।

आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएपछि अघिल्लो महिनाबाट सरकारले व्यापार व्यवसाय सञ्चालनको अनुमति दिएपछि झण्डै दुई हप्तादेखि यहाँका व्यवसाय खुलेका छन् । उपत्यकाको व्यापारिक केन्द्र खुला छ तर व्यापार मन्द छ । गत साल असन नजिकैको मछिन्द्र बहालमा मानिसको चापले पैताला राख्ने ठाउँ हुँदैनथ्यो । दोकाममा मानिसको भिडले व्यवसायीलाई पानी खाने फुर्सद थिएन । यसपालि यहाँका गल्लीमा काम विशेषले हिँडेका केही मानिस देखिन्छन् तर व्यापारकै लागि आउनेको उपस्थिति न्यून छ ।

ग्राहक नआएपछि मोबाइल खेलाउँदै बसेका जुत्ता व्यवसायी विवेक तिमिल्सिनाको अनुभव पनि प्रमोदको भन्दा फरक छैन । यसपालि गत वर्षको तुलनामा ९० प्रतिशत व्यापारमा कमी रहेको उनले बताए । “मान्छेको सामान्य हिँडडुल छ तर किनमेलका लागि भनेर आउँदैनन”, उनले अनुभव सुनाए ।

दशैंँ आउन अब एक महिना बाँकी छ । यो समयमा दशैँको जोहो गर्न विभिन्न जिल्लाबाट मानिस काठमाडौँ आउँथे । अनि सामान लिएर जान्थे । कोरोना कहरले यसपाली त्यो अवसर असन, इन्द्रचोक, न्यूरोडले प्राप्त गर्न सकेन ।

असनमा झण्डै ३५ वर्षदेखि भाडा पसल सञ्चालन गर्दै आउनुभएका हङ्स तामा/पित्तल भाडा पसलका सञ्चालक राजन बानियाँ इतिहासमा पहिलोपटक मन्दी महसुस गरेको अनुभव सुनाउँछन् । “भुइँचालो जाँदा बरु यो भन्दा धेरै व्यापार भएको थियो”, बानियाँ दुखेसो गर्छन्, “विगत वर्षभन्दा यसपालि शून्य व्यापार भन्दा हुन्छ, ९० प्रतिशत घटेको छ ।” व्यापार राम्ररी सञ्चालन हुने कोरोना निर्मूल हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् । व्यापारसँग जोडिएका असङ्गठित क्षेत्रमा मजदुरहरु डबली र पाटीमा सुस्ताइरहेका छन् ।

कोरोना अझै कम हुने छाँटकाँट नभएकाले व्यापारको अनिश्चित भूमरीमा दोकान खोलेर बस्न बाध्य छन् व्यवसायी । उनीहरुमा छिट्टै व्यापार हुने अभिलासा हराएको छैन । दशैँको आसपास व्यापार बढ्छ कि भन्ने झिनो आशा सङ्गालेर बसेका छन् ।

त्यसो त उपत्यकाको मात्रै होइन विभिन्न जिल्लाका व्यापारिक केन्द्र पनि सुनसान नै छ । अझै पनि कतिपय भीडभाड हुने मुख्य केन्द्रहरु सञ्चालन हुन सकिरहेको छैन । असोज १ पछि सार्वजनिक यातायात सञ्चालनमा छ । त्यही पनि भौतिक दूरी कायम राखेर एक सिटमा एक जना बस्ने गरी चलाइएको छ । अन्य केही व्यवसायलाई चलायमान पारिएको छ ।

कोरोना कहरले ठूलो आर्थिक क्षति बेहोरेर लामो समयदेखि पीडा महशुस गरिरहेका कतिपय व्यापारी भाडामा बसेका छन् । कमाइ नहुँदा भाडा तिर्न सक्ने अवस्थामा छैनन् भने परिवार पाल्ने समस्यामा छन् । चैतदेखि कोभिड–१९ को नकारात्मक प्रभावले व्यापार नहुँदा दैनिकी सञ्चालनमा समस्या परिरहेको उनीहरु सुनाउँछन् ।

सुस्ताउँदै दोकान कुरिरहनु भएका एक जना किराना व्यवसायी नारेकृष्ण श्रेष्ठ ग्राहक आउँछन् कि भनेर प्रतीक्षामा दैनिकी बितिरहेको बताउँछन् । आज शनिबारको दिन किनमेल गर्ने मानिसको अत्याधिक भिड हुनुपर्ने हो । यहाँका गल्लीमा फाट्टफुट्ट मानिसको आवागमन देखिन्छ । आएका पनि सिमित मात्रै दोकान प्रवेश गर्छन् । कोभिड–१९ को डर कायमै रहेकाले मानिसहरु आउन सकिरहेका छैनन् ।

असनका मसला व्यापारी पुष्प श्रेष्ठ जसरी दशैँँको समयमा खरिद बिक्रीको लागि मानिस आउनुपर्ने हो, नआएको बताउँछन् । “यतिखेर मान्छेको भिडले हिँड्नै सक्नु हुन्थेन, उ हेर्नुस्न् न (चोक देखाउँदै) सुनसान देखिरहनु भएको छ”, उनले भने । उनका अनुसार कार्तिक लागेपछि केही किनमेल बढ्ने आशा छ । असोज महिना भने यसैगरी जाने अनुमान व्यवसायीको छ । अब चाडबाडको मौसम शुरु भइसकेको छ । यसपालि कोरोना सङ्क्रमणमा कमी आउने छाँट देखिएको छैन । दशैँ तिहार पनि यसैगरी बित्ने देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -