Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:०३ बिहान
- ADVERTISEMENT -

४३ प्रतिशत सकियो धरहरा पुनःनिर्माण

प्रकाशित मिति: २०७७ असोज १०, शनिबार

678
Shares

काठमाडौँ, शनिबार, १० असोज २०७७ । गोरखा भूकम्पले पूर्णरूपमा क्षति भएका ऐतिहासिक सम्पदाको पुन :निर्माणले गति लिएका छ । यसक्रममा केही सम्पन्न भएका छन् त केही निर्माणाधीन अवस्थामा छन् । दरबार हाइस्कूलको पुन : निर्माण सम्पन्न भएको छ । सामुन्ने रहेको ऐतिहासिक रानीपोखरीको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । यसैगरी धरहरा र काष्ठमण्डपको पुनःनिर्माणको कामले गति लिएको छ ।

रानीपोखरीको निर्माणको काम सकी पानी राख्ने काम जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ । पोखरीमा दुई करोड ५० लाख लिटर पानी राखिसकेको छ भने अब ८० लाख लिटर पानी राख्ने तयारी रहेको प्रधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयोे । पछिल्लो समय प्रधिकरणको जिम्मामा काम सम्पन्न भएको हो । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाए ।

यसैगरी चीन सरकारको सहयोगमा पुनःर्निर्माण भएको दरबार हाइस्कूल पनि पुनःनिर्माण सम्पन्न भइसकेको छ । सो विद्यालयको पनि समयसीमाभित्रै गत माघमा पुनः निर्माण सम्पन्न भएको हो । विद्यालयको भवनको साँचो निर्माण कम्पनीले विद्यालय व्यवस्थापन समितिलाई गत भदौ अन्तिम साता हस्तान्तरणसमेत गरिसकेको छ ।

४३ प्रतिशत सकियो धरहरा पुनःनिर्माण

ऐतिहासिक धरहरा पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ । निर्माणको कामअन्तर्गत अहिले १५ तलाको काम भइरहेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा पर धकेलिएपछि समय थप गर्न लागिएको छ । सम्पदाविज्ञ मानन्धरका अनुसार निर्माण कम्पनीले दुई वर्षको लागि समय माग गरेको छ । तर कती थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीको माग र आवश्यकता अनुरुप समय थप गरिने जनाइएको छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाईएको छ ।

एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । निर्माधिन धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भईरहेको छ ।

त्यसैगरी काष्ठमण्डप पुनःनिर्माणको काम पनि तोकिएको समयमा नै सक्ने गरी धमाधम काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले केही समय काम रोकिएको भए पनि अहिले निर्माणको कामले गति लिएको जानकारी दिनुभयो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने जनाईको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -