गोरखा, शुक्रबार, ९ असोज २०७७ । नेपाल दलित बिद्यार्थी संघ गोरखाद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
बझाङको मष्टा गाउँपालिका २ स्थित सिम मन्दिर नजिकै स्थानीय १२ वर्षीय वालिकाको बलत्कारपछि हत्या गरेर फालिएको घटनाप्रति खेद प्रकट गर्दै संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन ।
केही दिन अघि बझाङकी १२ वर्षकी सम्झना कामीको बलत्कार भएको थियो । संघले निर्मला पन्तको घटना सेलाउन नपाउँदै यस्ता दर्जनौँ घटना हुँदा पनि सरकार मुकदर्शक भएको आरोप लगाएको छ ।
संघले यस्तो घटनाले नेपालको संविधान र विद्यामान कानूनी शासनको समेत धज्जी उडाएको बताएको छ । मानव अधिकार विरुद्धको निकृष्ट ज्याजती हुनुको साथै मानवता विरुद्धको जघन्य अपराध भएको पनि दलित विद्यार्थी संघले ठहर गरेको छ ।
संघका गोरखा अध्यक्ष रचन परियारले आज एक ध्यानाकर्षण पत्रमा बुझाउदै, सत्ता र शत्तिको आडमा यो घटना लुकाउन, दबाउन र विषयान्तर गर्न खोजिए संघको नेतृत्वमा देशभर आन्दोलनको कार्यक्रम सन्चालन गर्ने चेतावनी दिएका छन् ।









































