Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:३५ बिहान
- ADVERTISEMENT -

घरको आइसोलेसनबाटै जित्नुभयो १०६ वर्षका ज्येष्ठ नागरिकले कोरोना

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

759
Shares

झापा, बुधबार, ७ असोज २०७७ । कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन ।

कपाल दाह्री फुलेर सेतै भए झैँ सँधै सेतो सफा बस्त्र पहिरने गर्नुहुन्छ । अधिकांश समय अहिले कोठामा सुतेर नै बित्न थालेको छ । अहिले उहाँको उमेर १०६ बर्ष ६ महिना नाघिसक्नु भएको छ । यस्तो अवस्थामा पनि उहाँले कारोना भाइरसको माहामारीलाई पराजित गरेर अनुभव भोग्नुभयो ।

भारतको पुर्णिया जिल्लामा घर भई हाल झापाको दमक नपा ९ मा बस्दै आउनुभएका सन्त सुकदेव साहेवले कारोना संक्रमण जिल्नुभएको हो । कन्ट्याक ट्रेसिङको आधारमा गत भदौ २३ गते उहाँको स्वाब संकलन गरिएको थियो । दुई दिनपछि २५ गते उहाँमा कोरोना भाइरस पोजेटिभ देखिएको दमक नपाको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्री बरालले बताउनुभयो । यसरी पोजेटिभ देखिएपछि सन्त पहिला आफु बस्दै आएको कोठामा नै १४ दिनसम्म आइसुलेशनमा राख्ने व्यवस्था गरियो ।

असोज ५ गते १४ दिनपछि पुन परीक्षण नेगेटिभ आएको निरीक्षक बरालले बताउनुभयो । उहाले कारोना भइरस पोजेटिभ देखापरेपछि नियमित तातोपानी, झोलिलो पदार्थ, दुध, गिलो जाउलो खाएको उहाले बताउनुभयो । यो अवस्थामा शरीरको सबैभाग दुख्ने, पोल्ने, अत्यन्तै धेरै पीडा भयो । सामान्य ज्वरो आयो । खान मन नलाग्ने भयो । यो बीचमा कुनै औषधि पनि खानुपरेन भने अन्य अस्पतालको शैयामा आइसोलेशनमा समेत जानुपरेन ।

सानो उमेरदेखि नै सात्विक खाना खाने सन्तले दूध तरकारीको रसबरी खाने गरेको बताउनुभयो । म ठूलो खड्गो कालबाट बचे अब अझँै धेरै बर्ष बाच्ने भए उहाँले हास्दै भन्नुभयो । मलाई अब कोरोना त जिते अब यसको आधिकारीक प्रमाणपत्र लिने मन छ ।

उहाँलाई कोरोना भइरस पोजेटिभ देखिएपछि आफ्नो सधै बसिरहरेको घर कोठा ओछ्यान समेत सोही भएकाले अनौठो महशुुुस नभएको दमक नगरपालिकाको कोरोना भइरस क्वारेन्टनइन ब्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले बताउनुभयो । यसले गर्दा उहाँमा मानसिक ठूलो पीडा भएन । घरमा नै भएकाले बढी हेरचाह गर्ने मौका पनि मिल्यो त्यसकारण पनि कारोना जित्न सहज भएको उहाँको अनुभव छ ।

विश्व कोरोना भइरसको माहामारीसँग जुधिरहेको अवस्थामा १ सय ६ बर्ष पार गर्नुभएका बृद्धले कोभिड जित्नुले सबैको मनोबल उच्च भएको छ । खासगरि यो भाइरसबाट वालबालिका र बृद्धबृद्धालाई बढी असर गर्छ भनिरहेको अवस्थामा उहाँले कोरोना जित्नुलाई सबैका लागि उदाहरण नै बनेको छ ।

क्वारेन्टानइन ब्यवस्थापन समितिका सचिव भट्टराईका अनुसार दमक नगरपालिकाको वाड्न ९ मा लक्ष्मीप्रसाद सिमखडालाई कोरोना पोजेटिभ देखिएको थियो । उहाँकै घरमा बस्दै आउनुभएका सन्तको कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गरिएको थियो । सन्त बिगत एक वर्षदेखि सिमखडाको घरमा नै बस्दै आउनुभएको थियो । यो एकै परिवारमा ७ जनालाई कोरोना भइरस पोजेटिभ देखिएको थियो । दमकको वाड्न ९ को यो बस्तीमा एक सातामा मात्र १० जना सर्बसाधारणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -