- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘छक्का पञ्जा ३’ दर्शकको मन जित्न सफल

October 13, 2018
1595
Shares
- ADVERTISEMENT -

काठमाडौं, २७ असोज २०७५ । गएको बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले वर्षकै बम्पर ‘ओपनिङ’ गरेको छ ।

प्रदर्शनमा आएको पहिलो दिन नै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको राम्रो साथ पायो । लामो समयपछि नेपाली फिल्म हेर्ने दर्शकको भीड देखिएको छ । नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको अवस्थामा ‘छक्का पञ्जा ३’ दर्शकलाई हलसम्म तान्न सफल देखिएको छ । प्रदर्शनको पहिलो दिन सिंगल र मल्टिप्लेक्स स्कृनमा फिल्म हेर्ने दर्शक अत्याधिक देखिएका थिए भने यो भीड दोस्रो दिन शनिबार पनि उस्तै देखियो ।

- ADVERTISEMENT -

Advertisement

राजधानीभित्र देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ३० सोज उपलब्ध गराएको थियो । जसमध्ये अधिकांश सोज बिहानैदेखि हाउसफुल रहे । वितरक पौडेलका अनुसार बिहानदेखि साँझसम्म उपत्यकामा फिल्मको अकुपेन्सी रेट लगभग शतप्रतिशत रहेको छ । ‘यस अघिका दुई सिरिजभन्दा ‘छक्का पञ्जा ३’ ले राम्रो कलेक्सन गरेको छ’ वितरक पौडेलले भने, ‘पहिलो दिन ३० लाखसम्म शेयर निर्माताको हातमा पर्न सक्छ ।’ फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ ।

राजधानीको क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज सबैतिर दर्शकको भीड बढ्दो छ । चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, चितवन हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ । ‘छक्का पञ्जा ३’ हेरेर निस्किएका दर्शक यस पाली साच्चिकै यस अघिका चलचित्र भन्दा राम्रो चलचित्र बनेको भन्दै चलचित्रको खुलेरै तारिफ गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

शनिबार झन अत्याधिक चाप बढेको छ । दर्शकको चाप देखेर निर्माण पक्ष पनि यतिबेला निकै सन्तुष्ट देखिएको छ । कलाकारहरु विभिन्न हलहरुमा पुगेर दर्शकको साथ बटुलिरहेका छन् ।

चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन भने कथा दीपकराज गिरीको हो । ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ । चलचित्रमा नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -