Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:४९ बिहान
- ADVERTISEMENT -

विष्णु पौडेल र विप्लवका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

1070
Shares

बुटवल, शुक्रबार, २ असोज २०७७ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले कम्युनिस्ट सरकारले जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाएका छन् ।

भैरहवामा बिहीबार पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले कांग्रेस जनताका मुद्दा लिएर सडकमा उत्रिनुपर्ने बताए ।

नेता शाहले कम्युनिस्ट सरकारले लकडाउनको अवधिलाई सदुपयोग नगरेको आरोप लगाए । उनले कोरोना महामारी रोकथाममा सरकार असफल भएको बताए ।

‘अन्य देशमा लकडाउन गरेपछि बिभिन्न भौतिक पूर्वाधारहरू निर्माण गरेको, अस्पताल, क्वारेन्टिन लगायत निर्माण कार्यमा समय खर्चिएका हुन्छन्’, उनले भने, ‘कम्युनिस्ट सरकार कोरोनाका नाममा भ्रष्टाचारमा लिप्त भएको छ ।’

उनले कोरोना र निषेधाज्ञाले गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विरोधमा सडकमा उत्रिन नसकेको बताए । उनले सरकारविरुद्ध कांग्रेस आन्दोलनमा जाने बताए । शाहले कांग्रेसलाई आन्दोलन गर्नबाट कसैले रोक्न नसक्ने बताए ।

यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस रुपन्देहीमा प्रवेश गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ५ अन्तर्गत सैनामैना नगरपालिकामा आयोजित कार्यक्रममा नेकपा र विप्लवका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

रुपन्देही जिल्ला नेकपाका महासचिव विष्णु पौडेलको गृहजिल्ला हो । नेकपाको सत्ताको खेलका कारण जनता आजित बनेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा र विप्लका स्थानीय नेता तथा कार्यकर्ता गरि करीव १०–१२ जना कांग्रेसमा प्रवेश गरेको सचिव खाँणले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -