काठमाडौँ, बिहिबार, १ असोज २०७७ । मनिष श्रेष्ठ र एन्जिला रेग्मीको दशैं तिहार गीत “चमत्कार” को भिडियो सार्बजनिक गरिएको छ ।
दशैं तिहारलाई नजिकिदैं गर्दा तयार गरिएको यस बर्षको सम्भवत पहिलो गीत ‘चमत्कार’ सार्वजनिक भएको छ । र्याप भर्सनसहित तयार गरिएको ‘चमत्कार’ बोलको गीत आज बिहिबार सार्वजनिक गरिएको हो ।
दशैं तिहार गीत “चमत्कार” गीतमा मनिष श्रेष्ठ र एञ्जिला रेग्मीले सुमधुर आवाज रहेको छ । संगीत मनिषको नै छ रहेको छ भने शब्द केशव थापा मगरको रहेको छ । र्याप जगत तुरुवाको, एरेञ्ज जीवन बाबुको रहेको छ ।
गीतको भिडियोको सुरुमा नै पछिल्लो समय ‘मेमोरी किङ’ को विवादास्पद ट्याग भिरेर चर्चामा आएका विजय शाहीलाई फिचर गरिएको छ । त्यसपछि आधा दर्जन बराबर कलाकार नृत्यमा देखिन्छन् ।
मनिष श्रेष्ठ र बिनु गुरुङको साथमा राजेन्द्र गिरी, शिशिर श्रेष्ठ, शिशिर बुढाथोकी, सिवास बजगाइँ, पुर्णिमा दाहाल, शुवु शाही, निमा शेर्पा, बिग्मा शेर्पा लगायत नृत्यमा छन् ।
मनिषको निर्देशन, दिनेश शाहको सम्पादन, बासु बरालको छायांकन र सन्तोष राजबहाकको कोरियोग्राफी रहेको छ ।








































