Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:४४ बिहान
- ADVERTISEMENT -

वर्ल्डलिङ्कको २५ वर्ष – ‘मुलुकका १० हजार स्थानमा फ्री वाईफाई उपलब्ध’

प्रकाशित मिति: २०७७ भदौ ३१, बुधबार

859
Shares

काठमाडौं, बुधबार, ३१ भाद्र २०७७ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो ।

अध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधिसहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ ।

नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ । कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।

कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ । वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् ।

सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्‍याएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे । ‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ । विकट ठाउँमा सफलतापूर्वक सेवा दिन सफल भएकोमा म कम्पनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन ।’

फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे ।

आफू वर्ल्डलिङ्कको १७ औं ग्राहक बनेको सम्झिँदै वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आफू नै नेपालमा ईमेल सेवा प्रयोग गर्ने पहिलो वकिल समेत भएको बताए । ‘वर्ल्डलिङ्क नै मेरो लागि पहिलो र अन्तिम इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ,’ उनले भने, ‘हामी जस्ता मध्यम वर्गीयदेखि सबै निम्न मध्यम वर्गमा समेत इन्टरनेट सेवाको पहुँच पुर्‍याउँदै जान सकोस्, शुभकामना दिन चाहन्छु ।’

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वर्ल्डलिङ्ककै कारण कर्णाली जस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए । ‘वर्ल्डलिङ्कले गर्दा नै यहाँका जता धेरै खुशी महसुस गरिरहेका छन्,’ उनले भने ।

गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वर्ल्डलिङ्कले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौं,’ उनले भने, ‘हाम्रो जस्तो ठाउँहरुमा समेत कम्पनीले चाँडै फाइबर नेटवर्क समेत विस्तार गर्न सकोस्, शुभकामना छ ।’

मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महाबीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा. महाबीर पुनले आफ्नो सफलताको सारथी बनेकोमा वर्ल्डलिङ्कप्रति विशेष आभार व्यक्त गरेका छन् । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले वायरलेस इन्टरनेट नेटवर्किङका लागि निःशुल्क रुपमा ब्याण्डविथका साथै आवश्यक उपकरण सहयोग गरेर लगाएको गुन सम्झिए ।

‘वर्ल्डलिङ्कसँगको मेरो सम्बन्ध सुरु भएको १६ वर्ष पुगेछ । म्याग्दीबाट सुरु गरेर वायरलेस इन्टरनेट मैले विभिन्न १६ जिल्लामा पुर्‍याएँ । त्यही इन्टरनेटले नै लाई विश्वभर चिनायो,’ उनले भने, ‘त्यसका लागि मैले वर्ल्डलिङ्कबाट निकै धेरै सहयोग पाएको छु । निःशुल्क रुपमा ब्याण्डविथ दिएर मलाई सबै माझ चिनाउन सघाएकोमा वर्ल्डलिङ्कप्रति विशेष आभारी छु ।’

आफूले वायरलेस इन्टरनेटलाई कहिल्यै पनि व्यवसायिक उद्देश्यका लागि विस्तार नगरेको भन्दै पुनले वर्ल्डलिङ्कबाट निःशुल्क रुपमा प्राप्त ब्याण्डविथकै कारण आफूले देशका ग्रामीण क्षेत्रमा इन्टरनेट दिन सकेको बताए । उनले अगाडि भने, ‘व्यवसायिक इन्टरनेट नपुगेका स्थानमा अहिले पनि मैले सुरु गरेको वायरलेस इन्टरनेट चलिरहेको छ । अहिले जति पनि गाउँहरुमा वायरलेस इन्टरनेट चलिरहेको छ, उनीहरु सबैको तर्फबाट म वर्ल्डलिङ्कप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

१० हजार स्थानमा फ्री वाईफाई

कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्वको रुपमा देशका विभिन्न दश हजार स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइरहेको छ । यस बाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिङ्कका निर्देशक विजय जलानले जानकारी दिए ।

‘यस बाहेक हामीले महाबिर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पुर्‍याउँदै आएका छौं,’ उनले भने, ‘सँगसँगै विभिन्न विद्यालयहरुमा इन्टरनेट सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई समेत निरन्तरदा दिएका छौं ।’

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अभावमा बाँचेका मानिसहरुका लागि वर्ल्डलिङ्कले महत्वपूर्ण अभिभावकत्व निर्वाह गरेको भन्दै आभार व्यक्त गरे । ‘देशभर रहेका २० वटा मानव सेवा आश्रममा आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि वर्ल्डलिङ्कले आफ्नो सेवा सम्पूर्ण रुपमा निःशुल्क गरेको छ,’ उनले भने, ‘त्यसका लागि आश्रमको तर्फबाट वर्ल्डलिङ्कलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं ।’

कम्पनीले आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि १० लाख रुपैयाँ बराबरको लत्ताकपडाको समेत व्यवस्था गरिदिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -