काठमाडौं, सोमबार, २९ भाद्र २०७७ । आज सोमबार मन्त्रीपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे नियमित मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।
आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ । कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । निर्देशकमा घिसिङ पुन: दोहिरिन सम्भावना रहेको छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने सम्भावना रहेको छ ।
भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।








































