Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५१:२३ बिहान
- ADVERTISEMENT -

आज घटस्थापना

प्रकाशित मिति: २०७५ असोज २४, बुधबार

1628
Shares

काठमाडौँ, असोज २४ गते । बडादशैँको सुरु दिन आज बुधवार सर्वसाधारणले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भूइँलाई गाइको गोवरले लिपेर चोखो पारी चोखो वालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी भिँगुट, टपरी, माटो वा तामाको भाँडामा गोवर टाँसेर जौ र गहुँ मिसाएर जमरा राखिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार विहान ७ः१५ बजे घटस्थापनाको शुभ साइत छ । कसैकसैले भने घटस्थापनाको भोलिपल्ट चन्द्रमाको दर्शन गरेर मात्र घटस्थापना गर्ने चलन पनि रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ ।
घटस्थापना गरिएको स्थानमा आह्वान गरिएको देवी कात्तिक २ गते ९ः३९ बजे विसर्जन गरेर यही दिन विहान ९ः५१ बजे टीका लगाउँदा शुभ रहेको सदस्यसचिव ढुङ्गेल बताउनुभयो ।

घटस्थापनादेखि विभिन्न शक्तिपीठमा महानवमीसम्म नवरात्र मेला आयोजना गरी देवी भगवतीको स्तुति गरिँदै छ । नवलपरासीको पाल्टी भगवती, ताप्लेजुङ्को पाथीभरा, वाग्लुङ्को नृसिंह भगवती, पाँचथर यासोक बजारको देवीस्थान, नुवाकोटको जालपादेवी, हेटौँडाको भुटनदेवी, गोरखा मनकामना, पाटनको पूर्णचण्डी, नालाको उग्रचण्डी र काठमाडौँको गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, नरदेवी, रक्तकाली, भद्रकाली र नक्साल भगवती तथा पशुपति क्षेत्रको वनकाली, राजराजेश्वरी, झङ्केश्वरी, बज्रेश्वरी, बच्छलेश्वरी, जयवागेश्वरी लगायतका पीठमा नवरात्रमेला लाग्छ ।

यसैवीच हनुमानढोका दरवारमा रहेको दशैँघरमा पनि घटस्थापना गरिँदैछ । पाटन दरवार र भक्तपुर दरवारको तलेजुमा पनि घटस्थापना गरिँदै छ ।

फौजी निकायका कोतघरमा पनि प्रचलन अनुसार घटस्थापना गरेर फूलपातीका दिन फूलपाती भित्र्याइ महाअष्टमी र महानवमीमा बोका राँगा वली दिएर बडादशैँ मनाइन्छ । समरजङ् कम्पनीले पनि देवीको निसान समक्ष घटस्थापना गरेर बडादशैँ मनाउँँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -