काठमाडौं, आइतबार, २८ भाद्र २०७७ । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर उडानका लागि सैद्धान्तिक स्वीकृति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सलाई विदेश चार्टर उडाडनका लागि सैद्धान्तिक अनुमति दिएको हो ।
कम्पनीले मन्त्रालयबाट चार्टर उडानका लागि सैद्धान्तिक स्वीकृति पाएको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले जानकारी दिनुभयो ।
अब नागरिक उड्डयन प्राधिकरणबाट उडानका लागि अनुमति लिनुपर्छ । यसका लागि केही महिना लाग्ने उहाँले बताउनु भयो ।








































