गोरखा, आइतबार, २८ भाद्र २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिकामा अदुवा खेती बिस्तार सुरु गरिएको छ । भीमसेन थापा गाउँपालिका वडा नं ७ र ८ मा नारायणपुरमा अदुवा खेती बिस्तार गरिएको हो ।
अदुवाको पकेट क्षेत्र घोषणा गरिएका ति क्षेत्रमा कृषि ज्ञान केन्द्र गोरखाको साझेदारीमा करिब २ सय रोपनी जमिनमा अदुवा खेती गरिएको नारायणपुर कृषि सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “कृषि ज्ञान केन्द«को ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा हामीले अदुवा खेती बिस्तार गरेका हौ” उहाँले भन्नुभयो ।
नारायणपुर अदुवा पकेट क्षेत्र सञ्चालक समितिले १६ लाखको लगानीमा नारायणपुर, लेखापाखा, ऐरीभञ्ज्याङ, सिमलटार, क्यामुन्टार लगायतका स्थानमा अदुवा खेती गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार नारायणपुरमा मात्र १७ रोपनि क्षेत्रफलमा अदुवा खेती थालेको उहाँले बताउनुभयो ।सबै स्थानमा आधुनिक पद्धतीबाट अदुवा खेती गरिएको उहाँको भनाई छ ।








































