Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:४३ बिहान
- ADVERTISEMENT -

सत्याग्रही गंगामाया अधिकारीको जीवनरक्षाका लागि न्यायका लागि मानव अधिकारद्वारा खबरदारी

प्रकाशित मिति: २०७७ भदौ २७, शनिबार

1056
Shares

काठमाडौँ, शनिबार, २७ भाद्र २०७७ । गंगामाया अधिकारीको स्वास्थ्यमा कुनै पनि प्रकारको संक्रमण आउनु भन्दा पहिला तत्काल सुरक्षित स्थानामा स्थानातरण गरी जीवनरक्षाको व्यवस्था गर्न न्यायका लागि मानव अधिकार संजालले खबरदारी गरेको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै नेपालको सबैभन्दा पुरानो र सरकारी रिफरल वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न जटिल परिस्थितिमा गोरखा फुजेलका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारी, आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहिको माग राख्दै अनसन बस्न थालेको १२ बर्ष भन्दा बढि भैसक्यो । वीर अस्पतालमा रहेका अन्य बिरामीलाई सम्भावित संक्रमणको सुरक्ष।का लागि स्थानान्तरण गरिएको भएता पनि बर्षौदेखि सोही अस्पतालमा कमजोर स्वास्थ्य अवस्थाबाट गुज्रिरहेकी गंगामाया अधिकारीलाई अस्पताल प्रशासन र नेपाल सरकारले उहाँको स्वास्थ्य अवस्थाको गम्भिरतालाई व्यवस्ता गरी कोभिड संक्रमितका बिचमा राखेकोमा न्यायका लागि मानव अधिकारले गम्भीर ध्यानाकर्षण गरेको छ ।

आफ्नो १७ वर्षे छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कार्वाहि गरी पाउ भनी प्रधानमन्त्री निवासदेखि विर अस्पतालको चिसो भुईमा आईपुग्दा समेत गंगामायाको आवाजलाई कसैले सुनिदिएका छैनन् ।

गंगामाया अधिकारी स्वयमले आफ्नो स्वास्थ्यको बारेमा अस्पताल प्रशासन, मानव अधिकारकर्मीहरुले नेपाल सरकार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, रास्ट्रिय मानव अधिकार आयोग, रास्ट्रिय महिला आयोग लगायतका सरोकारवाला निकायमा लिखित पत्राचार गर्दा समेत गंगामाया अधिकारीको सम्भावित स्वास्थ्य संकटबारे तदारुकताका साथ चासो नदेखाएको प्रति न्यायका लागि मानव अधिकारले गम्भिर आपत्ति जनाएको हो ।

गोरखा फुजेलका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारी, आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहिको माग राख्दै अनसन बस्न थालेको १२ बर्ष भन्दा बढि भैसक्यो । अन्सन बस्दा बस्दै बुवा नन्द प्रसाद अधिकारीको २०७१ साल असोज ६ मै मृत्यु भईसको छ ।
अधिकारी दम्पतीका १७ वर्षे कान्छा छोरा कृष्ण प्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते तत्कालिन माओबादीले चितवनमा हत्या गरेको थियो । आमा गंगामायाले अपराधीलाई कारबाहिको माग राखी आमरण अनशन थाल्दा कतैबाट सुनुवाई भएको छैन ।

श्रीमानको मृत्य भएपछि पनि गंगामाया अधिकारी निरन्तर अनसनमा रहनु भएको सरकारसंगको सहमतिमा अनसनको ३५९ औं दिनमा सो अनसनको अन्त्य गर्दा न्यायका लागि सहजीकरण, जीवनभर स्वास्थ्य उपचार र गंगामायाको सुरक्ष।को प्रत्याभूति समेत नेपाल सरकारले जिम्मा लिएको तर, सहमति अनुसार हालसम्म गंगामाया अधिकारी नेपाल सरकारको सुरक्ष। निगरानीमा वीर अस्पतालमा रहेको सबैलाई अवगत नै छ , बिज्ञप्तिमा भनिएको छ ।

सशस्त्र द्वन्द्वताका छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै लामो समयदेखि वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले उहाँको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

बिज्ञप्तिमा भनिएको छ, सरकारको सुरक्ष।को जिम्मामा रहेकी सत्याग्राही गंगामाया अधिकारीको स्वास्थ्य र जीवन सुरक्षाको लागि सरकार स्वयमले तत्काल उचित कदम पहल गर्नु पर्नेमा पिडित स्वयमको आग्रह र मनाव अधिकारकर्मीको चासो समेतलाई ब्यवास्ता गरी गंगामायाको स्वास्थ्य जोखिममा पार्ने कार्य नेपालको संबिधान, मानव अधिकार सम्बन्धि बिश्व ब्यापी धोषणा पत्र लगायत अन्त रास्ट्रिय दस्ताबेजहरुले सरक्षण गरेको मानिसको बाच्न पाउने अधिकार माथिको अतिक्रमण हो ।

छिटो भन्दा छिटो गंगामाया अधिकारीलाई उहाँको स्वास्थ्यमा कुनै पनि प्रकारको संक्रमण आउनु भन्दा पहिला तत्काल सुरक्षित स्थानामा स्थानातरण गरी जीवनरक्षाको व्यवस्था गर्न सम्बन्धित सबै सरोकारवालाहरुमा न्यायका लागि मानव अधिकार संजालले खबरदारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -