Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:४३ बिहान
- ADVERTISEMENT -

जापानकाे गाई फार्मको अनुभवका आधारमा नेपालमा भैंसी पालन

प्रकाशित मिति: २०७७ भदौ २७, शनिबार

947
Shares

बेनी, शनिबार, २७ भाद्र २०७७ । आम नेपाली युवाको पहिलो रोजाइ विदेश त्यसमा पनि कोरीया वा जापान जान पाए त संसार जितेको सम्झने नेपालीका लागि बागलुङका सुनिल श्रेष्ठ भने फरक उदाहरण हुनुहुन्छ ।

उहाँले जापानमा आर्जन गरेको पूँजी र सीपलाई गाउँ फर्किएर भैंसी पालनमा लगाउनुभएको छ । दुई वर्ष जापानको गाई फार्ममा काम गर्नुभएका बागलुङका सुनिल श्रेष्ठले गाउँ फर्किएर व्यवसायिक रुपमा भैसीपालन थाल्नुभएको हो ।

बेनी नगरपालिका १ रत्नेचौरको भुवानेमा श्रेष्ठले करिब दुई करोड रुपियाँ लगानी गरेर भैंसीपालन व्यवसाय गर्नुभएको छ । गोठमा मुर्राजातका १६ दुहुना भैंसी र जर्सी जातका सात गाई छन् । सुनिल बागलुङ बजारका स्थायी वासिन्दा हुनुहुन्छ । रोजगारीको शिलशिलामा दुईवर्ष जापानमा विताउनुभएका सुनिल भिसाको म्याद छदै स्वदेश फर्किनुभएको हो । विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउन सुनिल गाउँ फर्किनुभएको हो ।

कृषिमा राम्रो संभावना मैले जापान पुगेर देखेँ सुनिलले भन्नुभयो ‘गाई फार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ ।’ कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन सुरु गरेको उहाँले बताउनुभयो । जापानमा सीकेको सीप र प्रवधिलाई उपयोग गर्न व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

जापानमा गाई फार्ममा काम गरेको अनुभव संङ्गाल्नुभएका सुनिलमा त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने सोच पलायो र नेपाल फर्किनुभयो । नेपाल फर्किएपछि विभिन्न क्षेत्रमा पुगेर पशुपालन व्यवसायको अवलोकन र बजार अध्ययन गरेको सुनिलको भनाई छ ।
वार्षिक तीन लाख रुपियाँ बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै हुनुहुन्छ । गत पुसबाट फार्म सञ्चालनमा ल्याउनुभएको सुनिलले यहाँ चार करोड रुपियाँ सम्म लगानी गर्ने योजना बुन्नुभएको छ ।

४४ वर्षीय सुनिलको पुर्खेउली पेशा बजारमा व्यापार गर्ने हो । तर सुनिल कृषिमा नयाँ प्रयोग गर्ने सोचका साथ रत्नेचौरमा आउनुभएको छ । धौलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन सुरु गर्नुभएको उहाँले अहिले एककरोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गर्नुभएको छ । आगमी दिनमा लगानी बढाएर चार करोड रुपियाँ सम्म पु¥याउने र धौलागिरिमै नमुना कृषि फार्म बनाएर देखाउने सुनिलमा रहर जागेको छ ।

भैंसी पालनका साथै बाख्रा,कुखुरा,बंगुर र रिसोर्ट बनाउने योजना सुनिलले सुनाउनुभयो । दुई सय वटा उन्नतजातका भैंसी पाल्ने र धौलागिरिका नीन जिल्लाका सदरमुकामसम्म दुध पु¥याउने उहाँको योजना छ । फार्ममा अहिले दैनिक एकसय पचास लिटर दुध उत्पादन हुन्छ । उत्पादित दुध बागलुङ बजारमा खपत हुनेगरेको उहाँले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण यतिखेर दुध विक्रीमा समस्या आएको उहाँको भनाई छ ।

भैंसी र गाईको हेरचाह र दानापानी खुवाउन तीनजना कामदार राख्नुभएको छ । दुई वर्ष जापानको गाई फार्ममा काम गर्दा धेरै दुःख पाइयो, परिश्रम पनि धेरै गर्नुपर्ने सुनिलले भन्नुभयो ‘यहाँ गर्ने दुःख र परिश्रम त नेपालमै गरे पैसा कमाउन सकिन्छ भन्ने आटेर फर्किएको हुँ ।’ मेरा लागि पेशा नौलो भए पनि साहसका साथ काम गरियो भने सफल भईन्छ भन्ने मलाई विश्वास छ उहाँले भन्नुभयो । ‘वृहतखालको कृषि फार्म सञ्चालन गर्ने र युवाहरुलाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ, उहाँले भन्नुभयो ।’ बजारका छरछिमेकीहरुले सुरु सुरुमा दुःख पाउँछस वावु, त्यस्तो पेशा नगर भन्थे सुनिलले भन्नुभयो ‘अहिले फार्म हेर्न आउँछन र बधाई दिएर फर्किन्छन् ।’ स्थानीयवासीहरुको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाई छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालय लगायत स्थानीयवासीको सहयोग मिलेको सुनिलले बताउनुभयो ।

बागलुङबजारमा व्यापार व्यवसाय गरेका एक युवा रत्नचौरमा आएर नुमना कृषि फार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उहाँको भनाई छ । रत्नेचौरमा कृषिको राम्रो संभावना रहेको उहाँले बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -