Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३४:३७ बिहान
- ADVERTISEMENT -

नेकपा परित्याग गरी आएका ४५ जना कांग्रेसमा प्रबेश, नेता पौडेलले दिए प्रशिक्षण

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

1088
Shares

काठमाडौँ, शुक्रबार, २६ भाद्र २०७७ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सामाजिक दुरी कायम गरी प्रशिक्षण दिएका छन् ।

तनहुँको व्यास नगरपालिका– ६ सिसाघाटमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले सामाजिक दुरी कायम गर्दै कार्यकर्तालाई प्रशिक्षण दिएका हुन् । ‘पछिल्लो समय विस्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण जताततै संक्रमण फैलदै गएको छ । यो महामारीबाट जोगिन पनि भिडभाड गर्नुहुँदैन । सामाजिक दुरी कायम गर्नुपर्छ । त्यसैले कुनै कोठा तथा सभाहलभित्र प्रशिक्षण दिँदा संक्रमणको जोखिम बढ्ने भएकाले सामाजिक दुरी कायम गरी खुल्ला चौरमा प्रशिक्षण गरेका हौं,’ उनले भने ‘खुल्ला चौरमा प्रशिक्षण गर्दा संक्रमणको जोखिम पनि कम हुन्छ ।’

पौडेलले बिहिबार नेकपा परित्याग गरी आएका ४५ जनालाई कांग्रेसमा भित्र्याएका हुन् । नवप्रवेसीलाई फुलमाला र टिका लगाएपछि नेता पौडेलले कांग्रेसलाई थप मजवुद बनाउन युवापिँढी एकजुट हुनुपर्नेमा जोड दिए । देशमा दुई तिहाईको सरकार छ । यो बेलामा जनतालाई राहत दिनुपर्ने हो । तर जनताले सरकार छ भन्ने कतिपनि महसुस गर्न सकेका छ्रैनन् । कोरोनाको संक्रमण देशभर फैलदै गएको तर सरकारले ठोस निर्णय लिन नसकेको उनले आरोप लगाए । ‘बहुमतको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताको समस्या बुझ्नुपर्ने बेलामा सरकार मौन छ । किसानले मल नपाएर सास्ती खेपिरहेका छन् तर उनीहरुको समस्या समाधानमा सरकार चुकिरहेको छ । किन सरकारले कृषकको समस्या बुझ्दैन, उनले भने । ‘कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको भएपनि सरकारले अटेर गरेको उनले आरोप लगाए ।

नेकपा परित्याग गरी कांग्रेस प्रवेस गरेका छविलाल विकले दुई तिहाईको सरकारलाई भोट दिएर जिताएपनि जनताको पक्षमा हित हुने काम नगरेकाले पार्टी परित्याग गरेको बताए । नेकपा परित्याग गरि आएकालाई केन्द्रिय सदस्य पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा दोसल्ला, अबिर तथा कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -