Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३१ बिहान
- ADVERTISEMENT -

बाढीपहिरोबाट ८ सय २८ जना बेपत्ता

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

817
Shares

काठमाडौं, शुक्रबार, २६ भाद्र २०७७ । बाढीपहिरोले बर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन् । पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन् । यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन् ।

बि स २०६८ सालयता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए । २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ । ८९ जना अझै बेपत्ता छन् । बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन् । २२ जनाको शव भेटिएको छ ।

यही वर्ष सिन्धुपाल्चोकका लिदी, बाह्रबिसे, भोटेकोसीलगायत स्थानमा बाढीपहिरोले २४ जनालाई बेपत्ता बनाएको छ । सिन्धुपाल्चोकमा यही वर्ष ५६ जनाको मृत्यु भएको छ । संखुवासभाको सिलिचोङमा पहिरोमा परेका ११ जना बेपत्ता छन् । अछामको रामारोशनमा ९ जनालाई भेटिएको छैन । म्याग्दीमा ४, कालीकोटमा ६, जाजरकोटमा ५ जना बेपत्ता छन्। काभ्रेपलाञ्चोक, सुनसरी, सिरहा, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, सल्यान, बझाङमा १÷१ जना बेपत्ता छन्। यो वर्ष बेपत्ता भएकाहरू अझै भेटिने सम्भावना रहेको उपसचिव अवस्थीले बताए ।

सिन्धुपाल्चोकमै २०७१ सालमा जुरेको बाढी र पहिरोले १ सय ६० जनालाई बगाएको थियो । जसमा २५ जनाको शव भेटिएको थियो । बाँकी अहिलेसम्म बेपत्ता छन् । २०७१ साउन १७ गते मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा पहिरो गएको थियो ।

बेपत्ता भेटिने सम्भावना न्यून हुन्छ। १० दिनदेखि एक महिनासम्म खोजतलास गरिन्छ । नभेटिए बेपत्ताको सूचीमा राख्ने गरेको जनाइएको छ । ‘१०–१५ दिनदेखि १ महिनासम्म खोजिन्छ’, उनले भने, ‘नभेटिए बेपत्ता सूचीमा राख्छौं।’

३५ दिनपछि शव नभेटिए मृतकसरह सुविधा दिने निर्णय पनि सरकारले गरेको छ। स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी मृत्युसरह राहत उपलब्ध गराउने नीतिगत निर्णय भएको उनले सुनाए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -