काठमाडौँ, शुक्रबार, २६ भाद्र २०७७ । योग्सना डिजिटल प्रा लि को प्रस्तुतिमा आरती खड्काको मार्मिक दोहोरी गीत ”नालायक” बजारमा आएको छ ।
मार्मिक दोहोरी गीत ”नालायक” मा आरती खड्का र किशोर लम्सालको सुमधुर आवाज रहेको छ । दिनेश परियारको शब्द र मोहन बि क को लय रहेको छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको उक्त भिडियोमा लोमस शर्मा र अन्जु अधिकारीको अभिनय रहेको छ ।
सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन, गुरुआमा फिलिम्स प्रा लि को ले दृश्य निर्माण गरेको छ ।
भिडियो हेर्नुहोस








































