काठमाडौं, बिहिबार, २५ भाद्र २०७७ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौं शाखाले कुलेश्वरको बाल संरक्षण अभियान नेपाललाई खाद्यान्न प्रदान गरेको छ ।
कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा तरुण दलले अनाथ बालबालिकाका लागि खाद्यान्न प्रदान गरेको हो ।
तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले बाल संरक्षण अभियान नेपालको अभिभावकत्वमा रहेका १७ अनाथ बालबालिकाहरुका लागि एक महिनासम्म खान पुग्ने खाद्यान्न र नगद हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।









































