Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:२६ बिहान
- ADVERTISEMENT -

कांग्रेसद्वारा “प्रविधी मैत्री अभियान” शुभारम्भ, कांग्रेसको सदस्यताका लागि आवदेन दिन सकिने व्यवस्था

प्रकाशित मिति: २०७७ भदौ २५, बिहीबार

542
Shares

काठमाडौँ, बिहिबार, २५ भाद्र २०७७ । नेपाली कांग्रेसको नवगठित सूचना, संचार तथा प्रचार विभागको यहि भाद्र २० र २१ गते बसेको बैठकको “प्रविधि मैत्री अभियान” संचालन गर्ने निर्णयको थियो ।

सोही निर्णय अनुसार नेपाली कांग्रेसको वेबसाईट परिमार्जन गरी पार्टी सभापति शेर बहादुर देउवाले १०७ औं बिपी जयन्तीका अवसरमा परिमार्जित वेबसाईटको शुभारम्भ गरी प्रविधि मैत्री अभियानको थालनी गरेका छन् ।

आजदेखि सञ्चालनमा आएको परिमार्जित वेबसाईट थप विशेषताहरु समावेश गरिएको छ । १९९९ सालबाट सुरु भएको साइटलाई २१ वर्षपछि थप परिमार्जन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

जिल्ला, भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिका सब डोमेन केन्द्रीय कार्यालयको साइटबाटै खोल्न सकिने बनाइएको छ । नेतृत्वसँग जिज्ञासा राख्नका लागि ‘नेतृत्वलाई प्रश्न’ को व्यवस्था पनि साइटमा राखिएको छ । नेतालाई कार्यकर्ताको प्रश्नका लागि उक्त प्रावधान समेत राखिएको छ । दलभित्र र दलबाहिरका स्वस्थ आलोचनालाई सम्मान गर्दै जवाफ पनि पोस्ट गरिने व्यवस्था वेबसाईटमा रहेको छ ।

परिमार्जित वेबसाईटमा व्यक्तिगत दृष्टिकोणलाई समेत समावेश गर्ने स्थान दिइएको छ । उक्त विचारलाई आलेखका रुपमा प्रस्तुत गरिने भएको छ । बुधबारदेखि आएको परिमार्जित साइटमा अर्थविद् डा स्वर्णिम वाग्ले र राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले लेखले स्थान पाएको छ । परिमार्जित वेबसाईट अन्तिम रुप भने पाइनसकेको बताइएको छ । साइटलाई थप विकास गर्ने क्रममा क्रियाशील सदस्यताको नामावली पनि समावेश गर्ने बताइएको छ ।

कांग्रेसको सदस्य हुन पाउँ भनि आवदेन दिन सकिने व्यवस्था समेत समावेश गरिएको छ । पार्टीको सूचनामा आम नागरिकसम्म सजिलै पहुँच पुर्याउन परिमार्जित वेबसाईटले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने साथै नेपाली कांग्रेसलाई प्रविधि मैत्री पार्टीमा रुपान्तरण गर्ने अभियान अब तीब्र गतिमा अगाडी बढाइने जानकारी प्रचार विभागका सचिव दिनेश थापा मगरले दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -