काठमाडौं, बिहिबार, २३ भाद्र २०७७ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले आफ्नो जन्मदिनको अवसरमा जय महांकाल युवा समूह मार्फत सय जनालाई बिहान र साँझ निःशुल्क खाना खुवाएका छन् ।
कोरोना संक्रमणका कारण बेरोजगार भई भोकभोकै बस्न बाध्य भएकाहरुलाई अध्यक्ष कटुवालले निःशुल्क खाना खुवाएका हुन् ।
त्यसैगरी, जन्मदिनकै अवसरमा उनको पुर्खौली थलो संखुवासभा स्थित प्रहरी कार्यालय, अस्पताल र नेपाली सेनालाई कोरोनाबाट बचाउन पेडल सेनिटाइजर स्टाण्डहरु स्थानीय समाजसेबी बबिता कटुवाल मार्फत हस्तान्तरण गरेका हुन् ।

यता भक्तपुरको दधिकोट स्थित ॐ शान्ती केन्द्रलाई समेत पेडल सेनिटाइजर स्टाण्ड निःशुल्क बितरण गरेको कटुवालले बताए ।









































