Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:२० बिहान
- ADVERTISEMENT -

गोरखाको अजिरकोट गाउँपालिका-२ वलाङ गाउँका सूचना सम्वाहक ‘कटुवाल बाजे’

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

745
Shares

गोरखा, मंगलबार, २३ भाद्र २०७७ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका-२ वलाङ गाउँका सूचना सम्वाहक ‘कटुवाल बाजे’ बाट परिचित ६९ औ बसन्त पार गरिसकेको बताउनु हुन्छ उहाँ । अनुहारका छाला चाउरिसकेका छन् । वुढेसकालले छोएपनि अजिरकोट गाउँपालिका–२ वलाङका कृतिमान गुरुङको जोश र जागरलाइ बुढ्यौलीले छोएको छैन ।

सूचनाको सम्वाहकको रुपमा उहाँ विगत २५ बर्षभन्दा बढि समयदेखि काम गर्दै आइरहनु भएको छ । गाउँमा उनी कटुवाल बाजे भनेर परिचित छन् । कटुवाल कराउँदै गाउँमा सूचना प्रवाह गर्नु उनको मुख्य काम हो ।

गुरुङ र तामाङको वसोवास रहेको वलाङ गाउँमा करिव ८४ घरधुरी छन् । संचार माध्यमको सहज पहुँच छैन । सूचनाको स्रोत गुरुङ नै हुन् ।

गाउँघरमा हुने सामूहिक कार्यक्रम होस् वा जमघट, सबैलाइ खवर गर्ने र जुटाउने जिम्मा उनकै हो । ‘गाउँमा कसैको विवाह ब्रतवन्ध छ भने निम्तो दिने काम पनि उहाले गर्नुहुन्छ,’ स्थानीय सुकमाया गुरुङले भनिन्, ‘सामाजिक काममा गाउँलेहरु जुट्नुप¥यो भने पनि कटुवाल कराउँदै सबैलाइ खवर गर्दै हिड्नुहुन्छ ।’

गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण देखि खोप लगायतका कार्यक्रम संचालन हुने बारेमा पनि कटुवाल बाटै थाहा हुने उनले बताइन् । सूचना प्रवाह गर्दा उनी स्थानीय र नेपाली भाषा दुवै प्रयोग गर्छन् ।

८४ घरधुरीसम्म सूचना पु¥याउन करिव दुइ घण्टा लाग्ने कटुवाल गुरुङ बताउछन् । ‘एकै ठाउँमा मात्र कराएर हुदैन, चार ठाउँमा कराउनुपर्छ,’ उनले भने, ‘ठुलो गाउँमा एक पटक कराए पुग्छ, त्यसपछि स्कुल डाँडा मुनी, स्कुल डाँडा र माथि सिरानमा गएर कराउँछु ।’

अन्य समयमा गाउँलेहरु कामका लागी घरवाहिर हुने भएकाले विहान भात खाने समय पारेर कराउनुपर्ने उनले बताए । माइक लगाएर कराउनुहुन्छ की यत्तिकै भन्ने प्रश्नको जवाफ दिदै उनी भन्छन्, ‘भए पो माइक लगाउने नी ! म मुखले यतिकै कराउने हो, नसुनेको जस्तो लाग्यो भने घरमै गएर पनि भनिदिन्छु ।’ सूचना प्रवाह गरिदिन भन्दै गाउँका जेष्ठ तथा वुद्धिजिवी व्यक्तिहरुले भनेपछि मात्र कटुवाल गराउने उनी बताउछन् ।

‘जो कोहीले भन्दैमा म कराउदिन, गाउँलेहरुलाइ मेरो बिश्वास पनि हुनुप¥यो नी त ! त्यसैले गाउँका गन्यमान्य बुढाहरुले भनेपछि मात्र कराउने हो,’ उनले भने । कटुवाल कराए वापत यसअघि उनले अन्न पाउथे । तर अहिले पैसा पाउछन् ।

‘पहिले बर्षमा एक घर बराबर एक पाथी कोदो पाउथ्यो, तर अहिले एक घरले दुइ सय ५० रुपैया दिन्छन्,’ गुरुङले भने ।

कटुवाल पेशा गरेरै उनले छोराछोरी हुर्काइसके । अहिले गाउँमा गुरुङका बुढाबुढी बस्छन् । गाउँमा कुनै सूचना दिनुपरेमा सबैभन्दा पहिले उनकै खोजी हुन्छ । उनी छन् र त गाउँलेहरुले आवश्यक सूचना पाइरहेका छन् ।

उनी अहिले गाउँमा कोरोना भाइरस सम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न पनि व्यस्त छन् । गोरखाखबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -